[caption id="attachment_46782" align="alignleft" width="300"] फायल फाेटाे[/caption]

अफगानिस्तान/ अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारीसहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु दिन क्युरिसीले बताएका छन् । यस झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाए ।

इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतङ्ककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए ।

तालिवान आतङ्ककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् ।

रासस÷सिन्ह्वा