नयाँ दिल्ली/भारतको कर्नाटक प्रदेशमा बाढी पहिरोमा परेका २७ जना मजदुरलाई भारतीय सुरक्षाकर्मीले आइतबार उद्धार गरेका छन् । वर्षाका कारण उद्धार तथा खोजीकार्य केही समयका लागि स्थगत गरिएको छ । तर पनि उद्धारका लागि २४ जनाको टोली खटिएको छ । भारतको सरकारी सञ्चार माध्यम अल इन्डिया रेडियोले उद्धारका लागि उद्धारकर्ताले हेलिकोप्टरसमेत प्रयोग गरेको जनाएको छ । रासस/सिन्ह्वा