ताप्लेजुङ /आगामी स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ताप्लेजुङले उपमेयर सहितका केहि गाउँपालिकामा मात्र उम्मेदवारी घोषणा गरेको छ । सदरमुकाममा पत्रकार सम्मेलन गदै राप्रपाले नगरपालिका र गाँउपालिकामा उम्मेदवारी घोषणा गरेको हो ।
राप्रपाले फुङलिङ नगरपालिका मेयरमा उम्मेदवार घोषणा नगरि उपमेयरमा अमिर मादेनलाई उठाउने निर्णय गरेको बताईएको छ । राप्रपाले फुङलिङ नगरपालिकाको वाडा अध्यक्षहरुमामा क्रमश १ मारामकेशर येङदेन, २ मा लिला अधिकारी, ३ मा तुलसीप्रसाद गिरी, ४ मा राकेश गुरुङ, ५ मा बिष्णु तिवारी, ६ मा सरोज मादेन, ७ मा शुरेश पालुङवा, ८ मा छविरमण गुरुङ, ९ मा विष्णु पोखरेल, १० मा हर्कमान लिम्बु, ११ मा गौरीशंमाया इजमलाई उम्मेदार बनाएको छ ।
त्यस्तै सिदिङमा गाउपालिकामा उप–प्रमुखमा सिताराम कार्की, वडा १ मा मनरथ दाहाल, ६ मा चिरन्जीबी कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । भने सिरिजंघा गाउँपालिकामा वडा अध्यक्षहरु क्रमश १ मा जगतमान साँवा, २ मा हुकुमदास पौडेल, ३ मा नारायणसिह बोखिम र ५ मा चन्द्रवीर महतलाई उम्मदेवार बनाएको छ ।
याङवरक गाउँपालिकामा उपप्रमुखमा तुलाराम पौडेल र वडा न ३ अध्यक्षमा गंगाराम इजमलाई उम्मेदवार बनाएको छ । फक्तालुङ गाउपालिकामा उपप्रमुख नविन मावोहाङलाई उम्मेदवार बनाएको छ भने वडा १ मा फुर्वा शेर्पा, ३ मा दिलकुमार लिम्बु, ५ मा मकरध्वज लिम्बु, ६ मा तेजबहादुर राई, ७ मा नुपु शेर्पालाई उम्मेदवार बनाएको छ । त्यस्तै आठराई त्रिवेणी गाउ पालिकामा उपप्रमुखमा कालिदास आङवोहाङ र वडा १ को अध्यक्षमा रेनुका गुरुङलाई उम्मेदवार बनाएको हो ।
मिक्वाखोला गाउपालिकामा प्रमुखमा जसवहादुर लिम्बु वडा १ अध्यक्षमा रत्न लिम्बु र २ मा राजेन्द्र थापालाई उठाउने निर्णय गरेको हो । त्यसैगरी मैवाखोला गाउँ पालिकामा प्रमुखमा बेनुप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राप्रपाले वडा १ को अध्यक्षमा मैतबहादुर लिम्बु, ३ मा नैनन्द गौतम, ४ मा सन्तबहादुर पोथाक र ५ मा रामप्रसाद फावेनलाई उम्मेदवार बनाएको हो । राप्रपाले मिरिङदेन गाउ पालिका भने कसैलाई उम्मेदवार बनाएको छैन । राप्रपाले नगरपालिका प्रमुखमा अन्य दलको उम्मेदवार बलियो भएको कारण बताउदै उपप्रमुखमा मात्र उम्मेदवारी दिने निर्णय गरेको जिल्ला अध्यक्ष चन्द्र मादेनले बताए ।
फुङलिङ नगरपालिका उपमेयरका उम्मेदवार अमिर मादेनले सवैको आग्रह अनुसार आफुले उप मेयरमा उम्मेदवारी दिएको बताए । अध्यक्ष मादेनले एमाले सग चुनाबमा तालमेल गर्न सकिने बताउदै प्रमुखमा उम्मेदवारी नदिएको समेत प्रष्ट पारे ।