अहलिे होटल म्यानेजमेन्ट प्रति बिद्यार्थीहरुको चासो बढ्न थालेको छ ।पढाईसँग सँगै आम्दानीपनि गर्न सकिने बिषय भएकाले पनि यस प्रति बिद्यार्थीहरुको आर्कषण बढेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउछन् । यसै बिषयमा हामीले इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट,धरानका प्रमुख कार्यकारी लोकेन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौ । धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट को अहिलेको अबस्था कस्तो छ ? – युवाहरुलाई देशमै रोजगार बनाउन र देश तथा विदेशमा जाने नेपालीहरुलाई दक्ष बनाउने उद्देश्य हो हामीले कलेज सुरु गरेका हौ । सोही उदेश्य अनुरुप अहिले कक्षाहरु सञ्चालन भईरहेको छ । पहिलो ब्याचका बिद्यार्थीहरु इन्टर्न गर्न चाइना जान लागेका छन् । चाईनाका पाँच तारे होटलमा उनीहरुले चाडैनै इन्टर्न गर्देै छन् । अन्य कलेजको तुलनामा यहाँ पढाई हुने फरक बिषय चै के हुन ? –होटल म्यानेजमेन्टको पढाइलाई हामीले प्राक्टिकल्ली बनाउने नीती लिएका छौ। होटल म्यानेजमेन्टका साथै हस्पिटालिटी र आचरण सम्बन्धी पनि विशेष कक्षानै सञ्चालन गछौं ।शिप सँगै बिद्यार्थीको चारणपनि सुधार हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । शिप र चारणले नै मानिसलाई सर्बगुणी बनाउने हो हामी बिद्यार्थीहरुलाई सर्बगुणी बनाउने प्रयास गछौं । कलेजमा अहिले कहाँ कहाँ बाट बिद्यार्थी आएका छन् ? – हामीले धरान र धरान आसपासमा रहेका ठाउँका विद्यार्थीहरुलाई लक्षित गरेका कजेल सञ्चालन गरेका हौं । तर हामीसँग यहाँका मात्र बिद्यार्थीहरु हुनुहुन्न । धरानदेखि बाहिरबाटपनि यहाँ अध्यनका लागि बिद्यार्थीहरु आएका छन् । अहिले कुन लेभलको कक्षा सञ्चालन हुदैछ ? – हामीले डिप्लोमा इन होटल म्यानेजमेन्ट र कुलनरी आर्ट (परिकार बनाउने) सम्बन्धी कक्षाहरु सञ्चालन गरि रहेका छौ । अहिले पहिलो ब्याचको बिद्यार्थीहरु इन्टर्नमा जान लागेका छन् भने अर्को भर्ना हामीले खोली सकेका छौ । सटिहरु एकदम सिमीत भएकाले बिद्यार्थीहरुलाई भर्नाका लागि आह्वान पनि गरिरहेका छौ । यो कोर्ष अध्ययन कतिको महङ्गो छ ? – यो कोर्ष अध्ययन गर्न काठमाडौं वा विदेशनै जानुपर्ने अवस्था छ । धेरै नेपाली विद्यार्थी यिनै विषय अध्ययनका लागि महङ्गो शुल्क तिरेर विदेश पनि गएका छन् । यहाँ हामी काठमाडौंको भन्दापनि सस्तो शुल्कमा अध्यापन गराउँछौं । घरको खाना खाएर विदेशमा लिइने शिक्षा हामी धरानमै दिँदैछौं ।लाखौ खर्च गरेर बाहिर बसेर पढ्नु पर्ने कोर्षलाई हामीले सहज र सुलभ रुपमा उपलब्ध गराएका छौं । यो कोर्ष गर्दा खर्च हुने मात्र हैन,पढ्दै जाँदा कमाईपनि हुदै जाने बिषय हो । आफ्नै ब्यबासायीक होटल सञ्चालन गर्ने योजना थियो,कहाँ पुग्यो योजना ? – हामीले बिद्यार्थीहरुका लागि अध्ययन गर्ने कक्षाहरुको लगभग ब्यबस्था गरि सकेका छौ । हाम्रो कलेजमा पढ्ने बिद्यार्थीले सिकेको कुराहरु आफ्नै कलेजमै सिक्न सकुन र दोहोर खर्च नपरोस भनेर हामीले आफ्नै ब्यबासायीक होटल सञ्चालन गर्ने सोचको बिकाश गरेका थियौ ।त्यही सोच अनुसार हामीले आफ्नै रेस्टुडेन्ट सुरु गरि सकेका छौ । त्यहाँ ग्रहकहरुले आएर सेवा लिन सक्नु हुन्छ । हाम्रा बिद्यार्थीहरुले त्यहाँ आफ्नो स्कील देखाईरहेका हुन्छन् ।

यो कलेजबाट विद्यार्थीहरुले सुविधा चै के के पाउने हुन् ? –मल्टी प्रपोज कन्सेप अनुसार हामीले योजनाहरु बनाएका छौ । कलेज र कलेजकै होटलमा प्राक्टिकल कक्षाहरु सञ्चालन हुन्छ । त्यहाँ काम गर्ने सबै विद्यार्थीले सर्भिस गरेवापत् पारिश्रमिक पनि दिन्छौं । पढाइ सँगसँगै रोजगारी पनि हुने भएकाले विद्यार्थीहरुले पढ्नका लागि धेरै खर्च गर्नुपर्ने अवस्था आउँदैन । कक्षा सञ्चालन भएको छ महिना पछाडि नेपाल तथा बिदेशका का पाँचतारे होटलमा पारिश्रमिकसहित इन्टर्नसीप पनि विद्यार्थीले गर्न पाउने छन् ।हामीले बिद्यार्थीहरुलाई पठाउने मात्र भन्दापनि उनीहरुलाई सुबिधापनि दिएर सहजता पुर्वक अध्ययन गर्ने अबस्था आओस भन्ने सोच राखेका छौं ।

तपाइहरुको कलेजबाट समुदायले चै के अपेक्षा राख्ने ? –होटल म्यानेजमेन्ट भनेको भात पकाउने विषय हो भन्ने हाम्रो सोचाई छ । हामीले यो सोच बदल्ने प्रयास गर्दै छौं । होटलमा कसरी सेवा लिने वा दिने,कसरी खाने,कसरी पकाउने भन्ने बिषयमा पढाई हुन्छ भन्ने कुरा हामीले बुझाउन खोजेका छौ । हस्पिटालिटी इन्ड्रष्टिजमा कसरी सहभागी हुने र सर्भिस कसरी दिने भन्ने विषयमा हामी विद्यार्थीहरु मार्पmत् सोच बदल्ने हाम्रो प्रयास हो । हामीले समुदायमा सोच बदल्ने प्रण गरेका छौं यो कलेजमा कस्ता कस्ता विद्यार्थीले पढ्न पाउछन् ? – यहाँ प्लस टु पास गरेका विद्यार्थीले डिप्लोमा इन होटल म्यानेजमेन्ट पढ्न पाउँछन् भने एसएलसी मात्र पास गरेका विद्यार्थीले कुलनरी आर्ट (परिकार बनाउने) विषयका साथै सर्भिस कसरी दिने भन्ने विषयमा सीप हासिल गर्न सक्छन् । दुबै कोर्षहरु डेढ वर्षमा पूरा भएपछि रोजगारी खोजिरहनु पर्दैन, रोजगारीले खोज्दै आउँछ । अन्य क्षेत्रमा भन्दा होटल म्यानेजमेन्टको क्षेत्रमा कमाइपनी राम्रो हुने गरेको छ । अन्य कलेजबाट आउने बिद्यार्थीले पढ्न पाउने की नपाउने यो कलेजमा ? अन्य कलेजबाट पनि यहाँ बिद्यार्थीैहरु आई रहनु भएको छ । जुन कलेज राम्रो हुन्छ त्यहाँ नै बिद्यार्थीहरु आउने हुन,हामीलाई अरु क्यामपसबाट बिद्यार्थी आउदा अरु भन्दा राम्रो शिक्षा दिन सकेछौ भन्ने लाग्छ । यसमा हामी खुसि नै छौ । अन्यमा, होटल म्यानेजमेन्ट भनेको नगदे वाली जस्तै हो । समाजमा सम्मान,अवसर र आफ्नो ब्यबाहारमा परिबर्तन यो क्षेत्रबाट मिल्छ । होटल म्यानेजमेन्ट पढ्न चाहाने बिद्यार्थीहरुलाई एक पटक कलेजमा आएर जानकारी लिन आग्रहपनि गर्छु ।                                                                                                                                                              प्रस्तुती -योगेशबाबु काफ्ले