धरान/भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ। पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ। मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन्। उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। अन्नपूर्ण पोस्टमा यो खबर छ। मृत्यु हुनेमध्ये सबैभन्दा कान्छा रविन थिए, जसको गत माघमा मात्र विहे भएको थियो।