धरान/हेटौडा उपमहानगरपालिकामा एमालेको प्यानलै विजयी बनेको छ । मेयर उपमेयरमा एमाले विजयी बनेको हो । मेयरमा हरिबहादुर महत निर्वाचित भए भने उपमेयरमा मिना लामा निर्वाचित भएका हुन् । माओवादी केन्द्रसमेतको गठबन्धनबाट उम्मेदवार भएका आनन्द पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन् । महतले २३ हजार १ सय २४ पाउँदा पराजुलीले २२ हजार ५ सय ९ मत पाए । उपमेयरमा लामाले २३ हजार ४ सय ३७ मत पाइन उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत पाए । महत यस अघि २०४९ र ०५४ मा उपमेयर निर्वाचित भएका थिए । हेटौंडा उपमहानगरमा एमालेले १२ वटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जित्यो ।