एजेन्सी/यदी तपाई कुनै प्रेमले भरिएको सम्बन्धको शुरुवातगर्न गइरहनुभएको छ र आफ्नो पहिलो डेटको लागि तपाईको पर्खाइ सकिइसकेको छ भने आफ्नो प्रेमिका सँगको पहिलो भेटमा यी गल्तीहरु बिर्सेर पनि नगर्नुहोस् । अन्यथा, अगाडि बढ्न लागेको सम्बन्धमा ब्रेक वा फुलस्टप पनिलाग्न सक्छ । थाहा पाइराखौं केही यस्ता ६ कुराहरु जुन डेटिङको समयमा केटीहरुले मन पराँउदैनन्

१. अविश्वास हुने कुरा नगर्नुहोसः डेटिङको समयमा कुनै सानो तिनो गलत बुझाइले ठूलो समस्या जन्मिन सक्छ । यदी तपाई कुराको नबिग्रियोस र तपाईको इम्प्रेशन धेरै राम्रो होस भन्ने चाहानुहुन्छ सानो तिनो मनमुटाव हुने वा गलत अर्थ लाग्ने खालका कुराहरु नगर्नुहोस । यो कुरा ख्याल गरेमा आफ्नो गर्लफ्रेन्डलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

२. विवाहको कुरा नगर्नुहोसः केटीहरु केटाको तुलनामा विवाहको बारेमा धेरै सोच्छन् भन्ने गरिन्छ । तर, खासमा विवाहको बारेमा केटीहरु केटाले भन्दा कम सोच्छन् । केटीले धेरै विवाहको बारेमा सोच्छन भनिनुको कारण हाम्रो सामाजिक र पारिवारिक दवाव हो । वास्तवमा जब डेटिङको समयमा कोही केटा विवाहको कुरा गर्छ भने यो कुराले केटीमा नकरात्मक प्रभाव पार्न सक्छ ।

३. धारणा नबनाउनुहोसः सामान्य रुपमा केटाहरु कुनै पनि केटीसँग भेट्नु पहिले उसको बारेमा कुनै आधारमा धारणा बनाउने गर्छन् जुन नयाँ सम्बन्धको लागि धेरै नै घातक हुन्छ । एक केटीको लागि यो धेरै नै निराशाजनक हुन्छ जब प्रेमीले आफ्नो लागि बियर अर्डर गर्छ र प्रेमीकालाई नसोधि उनको लागि सफ्ट ड्रिक अर्डर गर्छ ।

४. कृपया हात नलगाउनुहोसः जब पहिलो भेटमै केटा केटीको धेरै नजिक आउने प्रयास गर्दैछ वा बिनाकारण अगाँलो मार्ने प्रयास गर्छ भने यो कुरा केटीहरुलाई खराब लाग्न सक्छ । हुनसक्छ केटाले यो सबै राम्रो सोचेर गरेको होला तर केटीहरु यसलाई आफ्नो नजरबाट हेर्छन् । यसले गर्दा केटीहरु पहिलो पटक नै सकरात्मकहुन सक्दैनन् ।

५. सन्नाटा छाउन नदिनुहोसः डेटिङको समयमा कहिले पनि दुईको बिचमा सन्नाटा छाउन नदिनुहोस । जब तपाईहरु दुईमा सामान्य कुराहरु सकिन्छ त्यसपछि केही रमाइलो कुराको माध्यमबाट कुराकानी अगाडि बढाउनुहोस जसलाई सुनेर केटीले रुची दिनेछिन् । यस्ता केटाहरु जो धेरै कम कुरा गर्छन र कुरा आँफै अगाडि बढ्छ भन्ने सोच्छन् उनीहरुलाई केटीले बोरिङ मान्छन् र बोरिङ केटाहरुलाई केटीहरुले मन पराँउदैनन् ।

६. अनावश्यक जानकारीहरु नलिनुहोसः

तिमी विवाह पछि के काम गर्न चाहान्छौ रु तिम्रो पहिले कति वटा ब्वाईफ्रेन्ड थिए रु तिम्रो स्यालरी कति छ रु यस्ता प्रश्नहरु जसले दुई मानिसको बिचमा पारम्परिक कुरा आउन सक्छ । यसलाई केटीहरुले मन पराँउदैनन् । यदि तपाई कुनै युवतीको साथमा पहिलो डेट गर्दै गर्नुहुन्छ भने तपाई अरु कैयौं रमाइलो कुराहरु सोध्न सक्नुहुनेछ । पहिलो पटकको भेटमै यस्ता खालका नितान्त व्यक्तिगत प्रश्न सोध्नाले तपाईको इम्प्रेशन खराब हुनसक्छ ।