एजेन्सी / सयुक्त अधिराज्यको मेनचेस्टरमा आयोजित एउटा पप कन्सर्टलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तिमा १९ जनाको ज्यान जानुका साथै ५० भन्दा बढी घाइते भएका छन् । सोमबार राती करीब १०:३० बजे (नेपाली समय अनुसार बिहान ४ :१५ बजे) अमेरिकी गायिका आरियाना ग्रान्डेको उक्त कार्याक्रममा आक्रमण भएको थियो ।
आक्रमणबाट आतंकित सयौं दर्शकहरुको भागाभाग भएको थियो । भागाभागका क्रममा कयौं बालबालिका आफ्ना बाबु आमासँग अलग हुन पुगेका थिए दशकौं पछिको यो खालको आत्मघाती, उग्रवादी घटना भएको मानिएको छ, यो घटनालार्इ विश्वका विभिन्न नेताहरुले निन्दा गर्दै त्यसलाई कायरतापूर्ण कदको संज्ञा दिएका छन् ।
बम आक्रमणपछि म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ। वेलायती प्रधानमन्त्री टरिजा मेले यो डरलाग्दो आतंकवादी आक्रमण हुनसक्ने धारणा व्यक्त गर्दै अनुसन्धान जारी रहेको बताएका छन् ।