एजेन्सी/ मुश्लिम देशसँग आफ्नो विदेश यात्राको सुरुवात गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा थुप्रै कारणले मिडियामा चर्चा बटुलिरहेको छ । सबैभन्दा पहिले ट्रम्पको साउदी अरबको यात्रामा नै हैरानी जताइयो भने दोस्रोतर्फ त्यहाँको रिति रिवाजसँग घुलमिल हुन खोजेको कुरामा पनि प्रश्न उठे । यसैबिच ट्रम्प इजराइलको तल–अविव पुग्ने क्रममा एक भिडियो भाइरल भइरहेको छ, जसमा अमेरिकी राष्ट्रपतिकी श्रीमती मेलानियाले ट्रम्पको हात झड्कारेको देख्न सकिन्छ ।