‘सत्तापक्षले मत प्रभावित पा¥र्यो’
रङ्गेली/पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सत्तापक्षीय दलका नेताहरुले चितवन लगायतका ठाउँको मतगणना प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।
विराटनगरको पान्चालीमा रहेको पार्टी कार्यालयमा नेकपा एमाले मोरङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राज्य संयन्त्रको दुरुपयोग गरी सत्तापक्षीय दलले निर्वाचन आयोगका कर्मचारीलाई प्रभावित पार्ने खालका गतिविधि गरेको आरोप लगाए ।
एमालेको पक्षमा मत आउन थालेपछि विभिन्न बाहाना गरेर पटक–पटक मतगणना स्थगित गर्ने देखि मोर्चाबन्दी गरेर निर्वाचन आयोगलाई पटक–पटक सहमति गर्न बाध्य बनाउने काम गरेर कतै मत गणना प्रभावित गरेर आफ्नो पक्षमा पार्ने खेल भएको भन्दै शंका व्यक्त गरे ।
नेता खनालले सरकारले आगामि जेठ ३१ को निर्वाचन विभिन्न बहानामा सार्न खोजेको आरोप लगाए । उनले निर्धारित मितिमा निर्वाचन हुनुपर्ने बताउँदै मधेशीको मागको विषयमा संविधान संशोधनमा नलागी संविधान कार्यान्वयनमा तीन दल लाग्नुपर्नेमा जोड दिए ।
मधेशी दलले विरोध गरे भने २ नम्बर प्रदेशमा कसरी निर्वाचन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा नेता खनालले एकाध ठाउँमा निर्वाचन विथोल्ने काम भएपनि निर्वाचन नै हुन नसक्ने अवस्था नआउने दाबी गरे ।