धरान/मोरङको सुन्दरहरैचा–८ बाट शुक्रबार प्रहरीले एक वृद्धालाई पक्राउ गरेको छ । [caption id="attachment_42047" align="alignnone" width="904"] फाइल तस्बिर[/caption] विशेष सूचनाको आधारमा प्रहरीले सुन्दरहरैचा–८ का ५६ बर्षीय जंगबहादुर मगरलाई समातेको हो । मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । उनको घरबाट डाइजेल्याप ८४ एम्पुल र नाइट्रोजन ४० ट्याब्लेट बरामद गरेको छ । मगरलाई इप्रका बेलबारीमा राखी थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ ।