काठमाडौं /काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेस भन्दा एमाले पाँच हजार दुई सय ३९ मतले अगाडि छ।
एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १७ हजार ९ सय ४१ मत ल्याएका छन् । भने कांग्रेसका राजुराज जोशीले १२ हजार ७ सय २ मत ल्याएका छन् ।
उपमेयरमा एमाले र राप्रपाको गठबन्धनबाट राजाराम श्रेष्ठ १० हजार दुई सय ४८ मत ल्याउएक छन् । भने कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गीले १६ हजार १ सय ४८ मत ल्याएका छन्।
विवेकशील पार्टीकी स्वतन्त्र मेयर उम्मेदवार रञ्जु दर्शनाले ७ हजार एक सय ६३ मत ल्याउनु भएको छ भने साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले पाँच हजार तीन सय ३४ मत ल्याएका छन्। साझा पार्टीकी उपमेयर निरुपमा यादवले भने तीन हजार तीन सय ९१ मत ल्याएका छन्।
माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले २ हजार ६९ मत ल्याएका छन् भने उपमेयर सुशीला पौडेलले २७ सय ९१ मत ल्याएका छन् ।