सप्तरी/त्यसैगरी सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ ।

सो विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको बोधेबरसाइन् नगरपालिका– १ स्थित एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको सो प्रशासन कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् । त्यस्तै प्रशासन कार्यालय अगाडि रहेको रोहित साहको दुई तले घरमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।

रासस