रमाइलो छ भरतपुरतिर । प्रचण्डपुत्री रेणु दाहालले अग्रता लिइञ्जेल चूपचाप रहने गरेका कांग्रेस र माओवादी कार्यकर्ताहरुले जब एमाले उम्मेद्वार देवी ज्ञवाली अग्रता लिन थाल्छन अनि धाँदलीको आरोप लगाउँदै मतगणना बहिस्कार गर्दै जात्रा देखाँउछन। हिजो देखि सुरु भएको यो गाइजात्रा केही बेर अगाडि मात्र अन्त्य भएको छ । उनीहरुले केही वडाको मतगणनाको क्रममा टिपोट गर्नेहरुले टिपेको मत र निर्वाचन कार्यालयका अधिकारीले कम्प्युटरमा इन्टी गरेको मत फरक परेको र निर्वाचन कार्यालयका कर्मचारी सुनियोजित रुपमा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट मेयरकी उम्मेद्वार रेणु दाहाललाई हराउन लागिपरेको आरोप लगाउँदै मतगणना कार्य बहिस्कार गरेका थिए

प्रधानमन्त्री पुष्पकमल दाहाल एक कार्यक्रमको सिलसिलामा शुक्रबार नै चितवन हुँदै नवलपरासी पुुग्नु, उनी जाँदा नजाँदै पुत्रीले १४४ मतले अग्रता लिनुु र बेलुका भएको गणनाको क्रममा एमालेले पुनः अग्रता लिन थालेपछि धाँदलीको आरोप लगाउँदै मतगणना कार्य नै बहिस्कार गरेर हिँड्नुलाई कतिपयले अर्थपूर्ण घटनाक्रम भनेका छन ।

यता,कांग्रेस, माओवादी र राप्रपाका नेता तथा कार्यकर्ताले धाँदली गरेको आरोप लगाइएका भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रष्टीकरण दिँदै ‘आफूलाई राजनीतिक दलका नेताहरुले फसाउन खोजेको’ प्रतिक्रिया दिएका छन । उनले त्यहाँ खटिएका आफू र आफ्ना कर्मचारीहरुले विवादमा आउने खालका त्यस्तो काम नगरेको प्रष्टाएका हुन । ‘ हिम्मत भए प्रमाणित गरेर देखाउन म चुनौति दिन्छु।’ मुख्य निर्वाचन अधिकृत न्यौपानेले अगाडि अगाडि थपे । यता,शुक्रवार देखिएको यो विवाद मुख्य दलहरुबीच १० बुँदे सहमतिमा टुंगिएको छ । त्यहाँ आज बिहान भएको छलफलमा १० बुँदे सहमति भएको छ र मतगणना पनि सुरु भएको छ ।

सहमति अनुसार अब प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकेर एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

मतगणना स्थलमा राजनीतिक दलको प्रतिनिधिहरुको छुट्टै डेस्क राख्ने, प्रत्येक समूहबाट आउने परिणाम राजनीतिक दलका प्रतिनिधिहरुको डेस्कमा सुनाउनेरदेखाउने र त्यसपछि सार्बजनिक गर्ने र अन्तमा कम्प्युटरमा इन्ट्री गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

एसकाठमाडौंबाट