काठमाडाैं/गुण्डा नाइकेद्वय दीपक मनाङ्गे र चक्रे मिलनलाई बिहीबार तारेख अदालतले छाडेको छ । निर्वाचनको मुखमा गलत गतिविधिमा संलग्न हुने आशंका गर्दै प्रहरीले गुण्डाद्वयलाई पक्राउ गरेको थियो ।


उनीहरुलाई दैनिक तारिखमा छाडिएको महानगरीय प्रहरी परिसरका प्रखुम एसएसपी छविलाल जोशीले बताए । दुईसाता अघि ठमेलबाट प्रहरीले मनाङ्गे र चक्रेलाई महाराजगञ्जबाट पक्राउ गरेको हो । चक्रे एमाले निकट हुन् भने मनाङे राप्रपाका केन्द्रीय सदस्य हुन् ।
सार्वजनिक अपराधको अभियोगमा काठमाडौँ जिल्ला अदालतलबाट ५ दिनको समय थप गरेर प्रहरीले अनुसन्धान गरेको थियो । दोस्रो चरणको निर्वाचन अवधिभर दैनिक हाजिर हुने गरी छाडेको हो । उनीहरुलाई निर्वाचन अवधिभर काठमाडौं बाहिरको जिल्ला जान रोक लगाएको छ ।