सङ्खुवासभा/नेकपा एमालेको तर्फबाट संखुवासभा सभापोखरी गाउँपालिका वडा नम्बर ४ का प्रस्तावित वडा अध्यक्षको मृत्यू भएको छ । सभापोखरी घर भई बाह्रविसे बजारमा बस्दै आएका ३२ बर्षिय रामकुमार राईको मंगलबार राती सुतेकै अवस्थामा मृत्यू भएको हो ।   राईलाई एमालेको तर्फबाट सभापोखरी गाउँपालिकाको ४ नम्बर वडाबाट उमेद्वार उठाउने तयारी गरिएको थियो । राई कुनै दिर्घ रोगी नभएपनि जेठ १ गते पखाला लागेको र सो को औषधी सेवन गरि स्वास्थ्य अवस्था सुधार भएको स्थानीयले बताएका छन् । मृत्तक राई युवा संघ सङ्खुवासभाका सदस्य तथा तथा नेकपा एमाले सभापोखरी गाउँपालिकाका ईञ्चार्ज समेत थिए । मृत्तकको जिल्ला अस्पताल खाँदबारी ल्याई शव पोष्ट मार्टमको गरि अन्त्योष्टि गरिएके छ । भने गत विहिबार एमाले पार्टी कार्यालयले श्रदान्जली सभाको आयोजना गरिएको छ ।