नयाँ दिल्ली / भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो । आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो ।
उपचारको क्रममा एम्समा नै उनको निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दवेआवद्ध रहेका भारतीय जनता पार्टीले उनको निधनको पुष्टि गर्दै विस्तृत विज्ञप्ति प्रकाशित गरेको छ । उहाँको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुर्खजीले गहिरो दुख व्यक्त गरेकाे छ । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहकर्मीको आकस्मिक निधनबाट आफू स्तब्ध भएको बताए ।
दवेको निधन आफ्नु निजी नोक्सानसमेत भएको मोदीले बताए । ‘अनिल माधव दवेजीलाई आमनागरिक समर्पित कार्यकर्ताको रुपमा भविष्यमा सम्झना गरिने छ ।’ मोदीले बताए । दवेका अन्य सहकर्मीले पनि उनको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । अविवाहित दवे सन् २००९ मा राज्यसभाका सदस्य रहेका गत वर्षबाट वातावरण, वन र जलवायु परिवर्तन विभागको स्वतन्त्र कार्यभार सम्हाल्दै आउनु भएको थियो । रासस÷एएफपी