जापानकी राजकुमारी एक सर्वसाधारणसँग प्रेममा परेपछि दरबार र शाही हैसियत छोड्दैछिन् । जापानका राजा अकिहितोकी २५ वर्षीया जेठी नातिनी ‘ल फर्म’मा काम गर्ने युवा केई कोमुरोसँग प्रेम गर्छिन । उनीहरु दुवैजना विश्वविद्यालयमा पढदाका सहपाठी हुन् । जापानी दरबारको नियम अनुसार शाही परिवारका सदस्यले सर्वसाधारणसँग विवाह गरेमा शाही हैसियत त्याग्नु पर्छ । पहिलो भेट राजकुमारी माको र केई कोमुरोबीच सन् २०१२ मा टोक्यो इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा भेट भएको थियो । कोमुरोसँग उनको विवाह बारे सोध्दा उनले यसबारेमा आफूले अहिले टिप्पणी गर्न नचाहेको र ठिक समय आएपछि बोल्ने प्रतिक्रिया दिएका थिए । अमेरिकी टेलिभिजन च्यान सीएनएनका अनुसार जापनको राजपरिवार ‘इम्पिरियल हाउसहोल्ड’ मा अहिले ‘इन्गेजमेन्ट’ (टिकाटालो) को तयारी हुँदैछ ।

उत्तराधिकारी जापानका ८३ वर्षीय राजा अकिहितोले केही महिनाअघि बढ्दो उमेरका कारण आफूले राजगद्दी त्याग्न चाहेको बताएका थिए । उनले राजगद्दी त्याग्नका लागि जापानमा अहिले कानूनमा परिवर्तनको तयारी गरिंदैछ । पछिल्लो दुई शताब्दीमा जापानका कुनै पनि राजाले जीवित छँदै राजगद्दी त्यागेका छैनन् । जापनको हालको कानूनले पनि त्यसो गर्न दिंदैन । जापानको राजगद्दीका लागि अहिले चार उत्तराधिकारी छन्– अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा राजा अकिहितोका कान्छा भाइ राजकुमार मासाहितो। राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन्। बीबीसीबाट अनुदित तथा साभार