अङ्कारा/टर्कीको लडाकु विमान र यातायातका साधनबाट मंगलबार भएको आक्रमणमा परी कुर्दिस वार्कर्स पार्टीका ११ जना लडाकु मारिएका छन् । कुर्दिस वर्कर्स पार्टीका कार्यकर्ताप्रति लक्षित गर्दै आक्रमणकारीले जाप र माटिना क्षेत्रमा आक्रमण गरेको टर्कीको सरकारी निकायले बुधबार जारी गरेको वक्तव्यमा जनाइएको छ । टर्कीका आक्रमणकारीहरुले कुर्दिस लडाकुका आश्रयस्थल, हतियार तथा मेसिनगन बनाउने ठाँउ, शिविर आदी भत्काईदिएका छन् । आक्रमण गरेका बेला कुर्दिस लडाकुले टर्कीको सीमा क्षेत्रमा रहेको एउटा सुरक्षा कार्यालयमा आक्रमण गर्ने तयारी गरिरहेको वक्तव्यमा भनिएको छ । टर्कीको हवाई सुरक्षा फौजले कुर्दिस लडाकुलाई लक्षित गरी इराकको उत्तरी क्षेत्र र टर्कीको दक्षिणपूर्वी क्षेत्रमा नियमितरुपमा आक्रमण गर्दै आइरहेको छ । सन् २०१५को जुलाइदेखि सुरु भएको आक्रमण गत अप्रिलमा भएको संविधानसम्वन्धी जनमत सङ्ग्रहपछि अझ तिव्र गतिमा भइरहेको छ । सन् १९७८ मा स्थापना भएको कुर्दिस वर्कर्स पार्टीलाई टर्कीले आतङ्ककारीको सूचीमा राखेको छ । रासस/सिन्ह्वा