धरान/स्थानिय तहको चुनावमा नेकपा एमाले बलियो बन्ने देखिएको छ । अहिलेसम्म मतगणना भइरहेका ३४ जिल्लाका अधिकांस मतगणनामा एमाले अगाडी देखिएको छ । मुख्य ४ महानगरपालिका पनि अहिले मतगणना भइरहेको छ। ४ महानगर मध्ये भरतपुरबाहेक ३ महानगरमा एमालेको अग्रता रहेको छ। दलहरुको प्रतिष्ठाको विषय बनेको चितवनको भरतपुरको प्रारम्भिक नतिजा आएको छ ।  कांग्रेस एमामाओवादीका मेयरका साझा उम्मेदवार रेणु दाहाल भन्दा एमाले उम्मेदवार देवी ज्ञवालीलल् अग्रता लिएका छन् । काठमाडौं, पोखरा र ललितपुरमा एमालेले अग्रता लिएको छ। भरतपुरको वडा नं १ बाट मतगणना सुरु भएको छ। साँझ साढे ६ बजेसम्म ललितपुरमा नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १३९३ मत सहित अग्रता लिएका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १२८५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा माओवादी केन्द्रका दिनेश महर्जन छन्। काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले ३५ , नेपाली कांग्रेसका राजुराज जोशीले २३, विवेकशिलकी रन्जु दर्शनाले २६ र साझा पार्टीका किशोर थापाले २६ मत प्राप्त गरेका छन्। पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेको अग्रता छ। पोखरामा एमालेका मानबाहादुर जिसीले २ सय मत गन्दा ९२ मतका साथ अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वान्दी रामजी कुँवरले ६५ मत प्राप्त गरेका छन्।नेपालपाटीबाट