भरतपुर/ बहुप्रतिक्षित बनेको भरतपुर महानगरपालिकाको निर्वाचनको मत पेटिका खोलिएको छ। चरम विवादका बीच मत पेटिका खोलिएको हो। मतदान सकिएको २३ घन्टापछि राजनीतिक दलहरु मत गणनाका लागि सहमतिमा पुगेपछि ब्यालेट बक्स खुलेको हो।

दलहरुबीच चर्को विवाद भएपछि प्रमुख निर्वाचन अधिकृतले हेलिकप्टरबाट मतपेटिका काठमाडौं लगेर उतै गन्ने चेतावनी दिएपछि दलका स्थानीय नेताहरु सहमतिमा पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु मेयरमा उम्मेदवार रहेकी कारण नेकपा एमालेले उनीविरुद्ध अभियान नै छेडेको छ। काठमाडौं लगायतका क्षेत्रमा मत गणनामा देखिएको सुस्तता हेर्ने हो भने पनि मत गणना भएर परिणाम निक्लन भने समय लाग्ने छ।