काठमाडौं/ आइतवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । विहानैबाट शुरु गर्ने भनिएको भएपनि केही बेरअघिमात्र मतगणना शुरु भएको हो ।

प्रारम्भिक नतिजामा कांग्रेस र एमालेको बराबरी देखिएको छ ।

सुरुवाती गणनामा काग्रेसका उम्मेदवर राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यले समान १४ भोट प्राप्त गरेका छन् । विवेकशील पार्टीकी रञ्जु दर्शनाले १० भोट प्राप्त गरेकी छन् ।