नवलपरासी/ नवलपरासी जिल्लामा चारवटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएको चारवटै वडामा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।
अहिलेसम्मको घोषित परिणाम अनुसार विनयीत्रिवेण गाउँपालिका को वडा नं. ५ र ७ तथा हुप्सेकोट गाउँपालिकाको १ र बुलिंगटार गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सबै पदाधिकारीलेजितेका छन् । अन्यमा मतगणना जारी छ । ४ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने ३ स्थानमा एमालेले अग्रता बनाएको छ।