मतगणनाको नतिजास्कुन पार्टीका उम्मेदवार कति स्थानमा बिजयी भए ?
काठमाडौ/प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा पहिलो चरणमा आइतवार भएको मतदानको मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा आउन थालेका छन् । निर्वाचन आयोगले घोषणा गरेको नतिजामा विजय प्राप्त गरेका र अग्रस्थानमा रहेका स्थानीय तह विवरण यस्तो छ ।
काँग्रेसले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान काँग्रेसका एक सय ५२ जना गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार मध्ये एउटा गाउँपालिकामा बिजय प्राप्त गरेको छ भने एउटा गाउँ पालिकामा अग्रता हासिल गरेको छ । काँग्रेसका एक सय ५१ स्थानमा उठाएका उम्मेदवार मधये एक स्थानमा अग्रता प्राप्त गरेको छ । काँग्रेसका ९० जना मेयर पदका उम्मेदवार मध्ये एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थानमा रहेका छन् । काँग्रेसका ८६ जना उपमेयरका उम्मेदवार मध्ये एक स्थानमा अग्रता प्राप्त गरेका छन् । काँग्रेसका दुई हजार तीन सय १० जना वडा अध्यक्षका उम्मेदवार मध्ये १७ स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन । काँग्रेसका चार हजार पाँच सय ७८ जना सदस्य मध्य ३३ स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थानमा रहेका छन । काँग्रेसका दुई हजार दुई सय ९० जना महिला सदस्य मध्ये २० स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रता हासिल गरेका छन । काँग्रेसका दुई हजार ९८ जना दलित महिला सदस्य मध्ये २२ जनाले बिजय प्राप्त गरेका छन ।
एमालेले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान एमालेले उम्मेदवार उठाएका एक सय ५३ गाउँपालिकाका उम्मेदवार मध्ये कुनैमा पनि अग्रता हासिल गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छैन । एमालेले एक सय ५२ वटा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार उठाएको छ । एमालेले उठाएका ९० जना मेयरका उम्मेदवार मध्ये एक नगरपालिकामा अग्रता हासिल गरेका छन भने एक स्थानमा दोस्रो स्थानमा रहेका छन । एमालेले ८२ जना उपमेयर का उम्मेदवार उठाएको छ । एमालेले उठाएका दुई हजार दुई सय ५४ जना वडा अध्यक्ष मध्ये तीन जना वडा अध्यक्षले बिजय प्राप्त गरेका छन् । एमालेका एक वडा अध्यक्ष अग्रस्थानमा र एक स्थानमा दोस्रो स्थानमा रहेका छन । एमालेले उठाएका चार हजार चार सय ४३ सदस्यका उम्मेदवार मध्ये नौ स्थानमा बिजय प्राप्त गरेका छन् । एमालेले उठाएका दुई हजार दुई सय ४० जना महिला सदस्य मध्ये आठ जना बिजयी भएका छन । एक स्थानमा एमालेका अग्रस्थानमा देखिएका छन भने एक स्थानमा दोस्रो स्थानमा रहेका छन । एमालेले उठाएका दुईहजार ९२ दलित महिला सदस्य मध्य २४ स्थानमा बिजयी प्राप्त गरेका छन । एक स्थानमा अग्रस्थानमा रहेका छन ।
माओवादी केन्द्रले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान नेकपा माओवादी केन्द्रले उठाएका एक सय ३९ वटा गाउँपालिकाका उम्मेदवार उठाएको मध्ये एक स्थानमा दोस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्रले उठाएका एक सय ३७ वटा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार मध्ये एक स्थानमा दोस्रो स्थानमा देखिएका छन् । माओवादी केन्द्रले ७६ वटा नगरपालिकामा मेयर पदका उम्मेदवार उठाएको छ । माओवादीले ८६ वटा नगरपालिकामा उपमेयर उठाएका मध्ये दुई स्थानमा दोस्रो स्थान प्राप्त गरेको छ । माओवादी केन्द्रले उठाएका दुई हजार ८२ जना वडा अध्यक्ष मधये एक जनाले विजय प्राप्त गरेका छन । माओवादी केन्द्रले उठाएका चार हजार ७९ जना सदस्य मध्ये दुई स्थानमा बिजय प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रले उठाएका दुई हजार आठ महिला सदस्यका उम्मेदवार मध्ये एक स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा दोस्रो स्थानमा देखिएका छन । माओवादी केन्द्रले उठाएका एक हजार आठ सय ५१ जना दलित महिला सदस्य मध्ये १२ स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन।
राप्रपाले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय नौ गाउँपालिकामा अध्यक्षको र ९० वटा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार उठाएको छ । राप्रपाले ८० वटा नगरपालिकामा मेयरका उम्मेदवार उठाएको छ भने उप्रमुख पदमा ७९ जना उम्मेदवार उठाएको छ । राप्रपाले एक हजार दुई सय ७१ जना वडा अध्यक्षका उम्मेदवार उठाएको छ । राप्रपाले उठाएका दुई हजार आठ जना वडा सदस्यका उम्मेदवार मध्ये एक स्थानमा बिजय प्राप्त गरेका छन ।
अन्नपुर्णपाेष्टबाट