काठमाडौं/ पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यले मतदान गरेनन् । उनीहरुको स्थायी ठेगाना अनुसार काठमाडौं महानगरपालिकाा वडा नम्बर ३ महराजगञ्जको वडा भवन मतदान केन्द्रबाट मतदान गर्नु पर्ने हो । तर यो मतदान केन्द्रमा पूर्व राजपरिवारका सदस्य कसैको पनि नाम मतदाता नामावलीमा छैन । तर उहाँ निकट श्रोतले भने पूर्व राजपरिवारका सदस्य अहिलेसम्म मतदानमा सहभागी नभएको र आफूलाई नामावलीमा नाम दर्ता भए नभएको बारेमा केहि जानकारी नभएको जनाएको छ ।