काठमाडौं/ पहिलो चरणको स्थानीय चुनाव अन्तर्गत आज मतदानको दिन मतदान हुने क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ ।
सवारी साधान चलाउनै पर्ने बाध्यता भए स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने छ ।
तर, काठमाडौं उपत्यकामा भने कतिपयले अनुमति बेगर सवारीसाधान चलाएको पाइएको छ । प्रहरीले त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म अनुमति बेगर चलेका १ हजार ३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । त्यस्ता सवारीसाधनमा मोटरसाइकल धेरै छन् ।