धरान/काभ्रेको भकुण्डेबसीमा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा शनिबार राति करिव साढे ९ बजे गोली चलेको थियो । घटनामा मेथिनकोटका २८ वषर्ीय नवराज पाठकलाई गोली लागेको थियो । दाहिने छातीमा एक गोली लागेका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको काभ्रेका डीएसपी नविनराज राईले जानकारी दिए ।घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयबासीले सशस्त्र प्रहरीले नै गोली चलाएको आरोप लगाएका छन् ।तर, सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको छ ।