धरान/लिम्बुवान, मधेश र थरुहटलाई माइनस गरेर चुनाव गर्ने शक्तिलाई देखाइदिने संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देनले चेतावनी दिएका छन् । ‘लिम्बुवान, मधेश र थारुहटलाई माइनस गरेर को जान सक्दो रहेछ । त्यो जान चाहाने शक्तिहरु हामी पनि हेछौं ।’ उनले शनिबार धरानमा सम्पन्न संघीय लिम्बुवान युवा मञ्चको अधिवेशनको क्रममा चेतावनीपूर्ण भाषामा भने । एमाले र ज्ञानेन्द्र मिलेर बैसाख १७ गते गर्न लागेको संविधान संसोधन प्रक्रियालाई विथालेको आरोप लगाउँदै उनले अर्को मितिमा गर्ने भनिएको संसोधन पनि नभएमा दोस्रो चरणको चुनाव गर्न नदिने चेतावनी दिएका छन् । ‘एमाले र ज्ञानेन्द्र लागेरै बैसाख १७ गतेको संविधान संसोधन विथोलेका छन् ।’ उनले भने । उनले सरकारले संविधान संसोधन नगरी दोस्रो चरणको चुनाव गर्न खोजे ठूलो क्षति बेहार्ने दाबी गरेका छन् । धरानमा शनिबार सम्पन्न मञ्च नेपालको भातृ संगठन संघीय लिम्बुवान युवा मञ्च नगर समितिको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले अर्थपूर्ण संविधान संसोधन नगरेसम्म दोस्रो चरणको चुनाव हुने सम्भावनै नरहेको बताए । उनले भने, ‘जुन कारणले चुनाव रोकियो । त्यो समाधान नभइकन चुनाव भयो भने झन ठूलो आगो बल्छ ।’ उनले संविधान संसोधन भएमा निश्चित रुपमा आफ्नो पार्टी पनि चुनावमा होमिने बताए । तर, उनले चुनाव हुने सम्भावनै नरहेको बताए । युवा मञ्चका नगर अध्यक्ष चन्द्र लिम्बूको अध्यक्षतामा भएको अधिवेशनले उनकै अध्यक्षतामा ३२३ सदस्यीय नयाँ कार्य समितिसमेत चयन गरेको छ । कार्यक्रममा पार्टीका महासचिव अशोक चेम्जोङ, केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ लिम्बू र नगेन्द्र चेम्जोङ, जिल्ला अध्यक्ष अमर इजम लगायतले बोलेका थिए ।