धरान/गोप्य बैठक बसिरहेका बेला बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वका नेकपा माओवादीका सुनसरी जिल्ला इन्चार्ज युगेन (उदय) सहित ६ जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र प्रहरी चौकीले युगेनसहित धरान इन्चार्ज सुरज राई, खड्ग राई, मीना धामी, र क्षितिज राई, अमृत लिम्बूलाई शुक्रबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई शुक्रबारै जिल्ला लगिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय तहको चुनाव नजिकिदै जाँदा प्रहरीले देशव्यापी रुपमा विप्लव माओवादीका कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ ।