उत्तर कोरियाकी प्रथम महिला  उत्तर कोरिया र अमेरिकाको बिचमा तनाव बढ्दै गएपछि उत्तर फेरि एक आणविक परिक्षण गर्न तयार छ । स्याटेलाइट तस्वीरहरुले के देखाँउछन भने उत्तरको पुन्गेइ–री क्षेत्रमा उसले छैंठौं परिक्षणको लागि सबैकुरा चुस्त दुरुस्त राखिसकेको छ । डोनाल्ड ट्रम्पले किम जोङ उनको आणविक कार्यक्रमको प्रतिक्रियाको अमेरिकी नेभीको एयरक्राफ्ट क्यारियर लाई जापानको समुन्द्रमा तैनाथ गरिसकेका छन् अरु सब मरिनहरुले त्यही बाटो पछ्याउने चेतावनी दिइसकेका छन् । यस्तोमा उत्तर कोरियाले चेतावनी दिँदै भनेको छ ‘उसले शक्तिशाली हतियारको प्रयोगले त्यसको कडा प्रतिरोध गर्नेछ ।’ र भनेको छ ‘अमेरिकाले जस्तो युद्ध चाहन्छ त्यस्तै युद्धबाट जवाफ फर्काउन तयार छ ।’ जब पुरै विश्वको ध्यान किम माथि परेको छ यस्तोमा उनकी पत्नी रि सोल–जुको बारेमा भने धेरै लाई थाहा छैन् । सबैले मायावी ठान्ने उत्तर कोरियाली प्रथम महिला तिस वर्ष पनि नपुगेको विश्वास गरिन्छ । उनी पहिलोपटक आफ्नो पति किम जोङ उन सँग सन् २०१२ को ग्रिष्म ऋतुमा एक कार्यक्रममा उपस्थित भएको बेलामा मिडियामा देखिएकी थिइन् । त्यसै वर्षको जुलाईमा उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उनीहरुको विवाह भैसकेको भनेर पुष्टि गरेको थियो । धेरैले यो सोच्छन् कि उनीहरुको विवाह सन् २००९ मा नै भैसकेको थियो जब किम उनको पिता किम जोङ इल पछि सत्ताको बागडोर सम्हाल्ने तयारी गरिरहेका थिए । 'उत्तर कोरियाली दिवंगत सर्वोच्च नेता किम जोङ इलले सन् २००८ मा आफुलाई हृदयघात भएपछि आफ्नो कान्छो छोराको विवाह हतारमा गरेका थिए' विश्लेषक चियोङ सियोङ चाङले भने । त्यहाँ त्यस्तो रिपोर्टहरु आएका थिए  'किमले सन् २०१० मा आफ्नो बच्चलाई स्वागत पनि गरिसकेका थिए' तर, यो अझै पुष्टी हुन सकेको छैन् कि रि बच्चाको आमा हुन कि होइनन् । 'रिसोल–जुले सन् २०१० मा उन्हासु आर्केस्ट्राको सदस्यको रुपमा स्टेजमा प्रस्तुती दिएकी थिइन् जब किम जोङ उन आफ्नो पहिलो बच्चाको पिता बनेका थिए'  दक्षिण कोरियाली चुसोन इल्बो अखबारले बेइजिङ स्थित कुटनीतिक स्रोतलाई उद्धृत गर्दै लेखेको थियो । उत्तर कोरियामा यो सोच्न पनि सकिँदैन कि एक सुत्केरी प्रथम महिलाले स्टेजमा प्रस्तुती दिइन् । सन् २०१२ को डिसेम्बरमा किम जोङ उनको स्मृति सभामा उपस्थीत हुँदा पेट ठूलो देखिएको थियो जसले उनी गर्भवती भएको स्पष्ट संकेत गरेको थियो । केही महिना पछि किमका साथी पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यानले यस्तो खुलासा गरेका थिए 'उनले हालसालै छोरीलाई जन्म दिएकी छिन् र उनको नाम जु–आइ राखिएको छ ।