काठमाडौँ /बिगत एक दशक देखि सांगीतिक क्षेत्रलाइ व्यवसायिक रुपमा आफ्नो पेशा बनाउदै आएकी संचारकर्मी तथा गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बम 'समर्पण'काे लाेकापर्ण गरेकि छिन् । अाफ्नाे जन्मदिनको शुभ अबसरमा नि:साहाय सेवा सदन बृदा आश्रममा एक बिशेष कार्यक्रम आयोजना गरि लोकार्पण गरेकी हुन् । वरिष्ट संगीतकार राजु सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ट रंग पत्रकार शान्ति प्रिय, सार्थक नेपाल सस्थाका उपाध्यक्ष्य तथा संचारकर्मी मोडल राजेन्द्र लुइटेल, नि:साहाय सेवा सदनकि संचालिका सगुन शाह बिशेष अतिथि थिए ।

ओएस नेपालको प्रस्तुति रहेको समर्पण एल्बममा जम्मा पांच वटा गित रहेका छन् । एल्वममा  राजेश श्रेष्ठ, राजु सिंह, रियाज शिवाकोटी, राजिब शाह तथा राजा राजेन्द्रको संगीत रहेको छ । त्यसैगरी पबी घिमिरे, दिप गिरि, नवराज खड्का, गणेश सुबेदी र राजा राजेन्द्रको शब्द रहेको छ । आश्रमका आश्रित बृदा आमा बुवाहरुलाइ खाजा तथा खान खुवाउदै लोकार्पण गरिएको उक्त एल्बम संगीत प्रेमी सबै नेपालीहरुले एल्बमलाई मन पराइ दिनु हुन्छ भन्ने कुरामा गायिका योजना पुरी बिस्वस्त छिन् ।  बरिष्ट संगीतकार राजु सिंह र बरिष्ट रंग पत्रकार शान्ति प्रियले  शुभकामना  दिएका थिए ।  कार्यक्रम संचालन संचारकर्मी मनोज थापाले गरेका थिए ।