मध्य अफ्रिकामा राष्ट्रसङ्घका शान्तिसेनाको हत्या
- वैशाख २६, २०७४
- ब्लाष्ट खबर
वाङ्गी (मध्य अफ्रिका)/संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएका शान्ति सेनाकोे कामका सिलसिलामा मध्य अफ्रिकामा हत्या भएको छ भने चारजना वेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
“मध्य अफ्रिकामा सहयोगको सामान लिएर गएको समूहमाथि सोमबार राति आक्रमण हुँदा एक जना शान्ति स्थापनार्थ खटिएका राष्ट्रसङ्घबाट यहाँ खटिएका सेनाको हत्या गरिएको छ भने चार जना बेपत्ता भएका छन्,” मध्य अफ्रिकास्थित राष्ट्रसङ्घीय शान्ति अभियानले जनाएको छ ।
हत्या गरिएका राष्ट्रसङ्घीय दूत कम्बोडियाका रहेको बताइएको छ । घटनामा एक कम्बोडियालीसहित सात मोरक्कन नागरिक घाइते भएका अभियानले बताएको छ ।
राष्ट्रसङ्घले वेपत्ता शान्ति सेनाको खोजी गर्न हेलिकोप्टर पठाइसकेको छ । आक्रमणकारी घटनापछि नजीकैको झाडी हुदै फरार रहेको बताइएको छ । रासस/एएफपी