पथरी/पछिल्लो समयमा इलाका प्रहरी कार्यालय पथरी प्रहरीले पथरीको होटल एण्ड लजबाट होटल संचालीका सहित यौनकर्मी पक्राउ गरेको छ । पथरीका होटलबाट होटल संचालीका र यौनकर्मी पक्राउ पर्नु नौलो कुरो भने होइन् । [caption id="attachment_43386" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] शुक्रबार साँझ ४ बजे पथरीको खोटाङ्गे होटल एण्ड लजबाट धरान १२ घर भएका २७ बर्षिय मिलन राई सहित तीन जना पेसेवर यौनकर्मी र होटल संचालीका सुनिता राईलाई पक्राउ गरेको हो । सुचनाको आधारमा होटल छिरेका प्रहरीले राईलाई यौन क्रियाकलाप गरीरहेको अवस्थामा पक्राउ गरेका थिए । त्यसैगरी अन्य दुई यौनकर्मी फाल्ट फाल्टै कोठामा ग्राहक कुरीरहेको अवस्थामा पक्राउ गरेको इस्पेक्टर राजन कार्कीले बताए । होटल साहुनीले कतिखेर ग्राहक पठाई दिन्छ भनेर बन्द कोठामा ग्राहक कुरीरहेको यौनकर्मीको कोठामा सादा पोसाकको प्रहरी पुगेर ढोका ढक–ढक गर्दा ढोका खोलेर ओहो तपाइनै हो, आउँनुहोस् भित्र, अनि चुइगम(कण्डम) ल्याउनु भयो भन्दै यौन कर्मी ढोका थुन्नु पुग्छ, त्यस पछि प्रहरीको जवाफमा म तलाई पक्रन आएको भन्दा छक्क परिन् नाम नबताउने सर्तमा एक प्रहरीले बताए । अर्काकोठामा पनि ग्राहाक पर्खेका यौनकर्मीलाई सोहि माध्यमबाट पक्राउ गरे र अर्को कोठाबाट एक यौनकर्मी सहित मिलन राईलाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जना यौनकर्मी उर्लाबारी मंगलबारेको र उनिहरुको उमेर १६, १७ बर्षको रहेको इस्पेक्टर कार्कीले बताए । अनुसन्धानमा उनीहरु पेसेबर यौनकर्मी भएकोले होटल संचालीका सहितलाई यौन अपराध सम्बन्धि मुद्दा चलाउने इस्पेक्टर राजन बस्नेतले बताए । यौनकर्मी सँग एक चोटी बसेको १ हजार लिने गरेको छ । एक हजारमा यौनकर्मीलाई ५सय र होटल साहुनीले ५ सय राख्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको प्रहरीले बताए । त्यहाँ नास्ता खान जाने सँग समेत यौनको मोलमोलाई हुने गरेको बताइएको छ । सोहि समयमा पथरीकै बिबि क्यू होटल एण्ड लजबाट एक जोडी प्रकाउ गरेका थिए । झापाको दमक घर भएका २९, ३० बर्षीय उनिहरुलाई प्रहरीले पक्राउ गरेको केहि बेरमा छाडेका छन् । उनिहरु पहिले देखिनै एकअर्कामा मनपरापर गर्दै आएकोले एक महिना पछि विवहा हुने भएकोले छाडिएको प्रहरीले बताए । होटल संचालिका सहित यौनकर्मी पक्राउ पर्नु नौलो होइन दुई महिना अघि इलाका प्रहरी कार्यालय पथरीले यौनजन्य गतिबिधि गरेको अवस्थामा यौनकर्मी सहित होटल संचालीका पक्राउ गरेका थिए । पथरीका पाथिभरा होटल एण्ड लजका संचालक कमला लिम्बूू सहित यौन गतिबिधिमा संम्लग्न तेह्रथुम घर भएका महिला र पर्सा जिल्ला वीरगंज घर भएका १८ बर्षिय रवी कुमार जैसावाललाई पक्राउ गरेका थिए । आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालिका लिम्बूले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई यौनजन्य गतिविधि गराउने गरेको भन्दै पथरी प्रहरीले सार्वजानीक मुद्दा समेत लगाएका थिए । होटल संचालक कमला लिम्बू सार्वजानीक मुद्दा खेपेर दुई हप्ता पछि छुटेका थिए । प्रहरीको सुरक्षामा यौन धन्दा गत साउन महिनामा पथरीको होटल एण्ड लजहरुमा भएको यौन व्यावसायहरुलाई प्रहरीले नै सुरक्षा दिदै आएको थियो । प्रहरीले यौन गतिविधि गर्ने होटलहरुमा सुरक्षा दिदाँ पथरीबजारलाई यौनकर्मीहरुले यौन गतिविधिगर्ने सुरक्षित थलोको रुपमा मान्दै आएको थियो । यसरी खोटाङ्गे होटल एण्ड लजमै प्राय जसो बर्दीमै प्रहरीहरु पनि साँझ देखि रातीसम्म सम्लग्न हुने गरेको जनगुनासो आएपछि यस विषयमा पटक पटक सामाचार यसै दैनिक पत्रिकामा प्रकाशीत भएको थियो । सामाचार प्रकाशीत भएपछि संलग्न प्रहरीहरु सरुवा भएपछि अलिक शुन्य भएको थियो । तर यस धन्दालाई पथरीमा प्रहरीले शून्य बनाउनु भने चुनौति भएको छ ।