इटहरी/स्थानीय निकायको निर्वाचन विरोधी गतिविधीमा संलग्नलाई प्रहरीले पक्राउ गर्ने भएको छ । यस्तो गतिविधीमा संलग्न राजनीतिक दलमा आवद्ध वा कुनै पनि संघ संगठनको नाममा निर्वाचन विरोधी गतिविधीमा संलग्नलाई पक्राउ गर्न पूर्वमा प्रहरी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार निर्वाचन विरोधी गतिविधीमा संलग्न हुने व्यक्तीको खोजी भइरहेको बताए । निर्वाचनमा सहभागी नभएको नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीका नेता कार्यकर्ता प्रहरी निगरानीमा रहेका छन् । निर्वाचन विरोधी गतिविधीमा संलग्न भएको अवस्थामा भेटिए जुन सुकै बेला नियन्त्रण लिन माताहतका प्रहरीलाई पूर्वमा आदेश आएको प्रहरी श्रोतले जनाएको छ । यस्तो गविविधीमा संलग्न व्यक्तीहरुको पहिचान गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।