काठमाडौ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल सबैको साझा भएको बताउनुभएको छ ।
एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्याक्रममा उहाँले एमाले देशभक्त र राष्ट्रियताका पक्षमा सधैँ अडिग र लोकतन्त्रको पक्षधर पार्टी भएकोे जिकिर गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले स्थानीय निर्वाचनमा राप्रपासँग तालमेल गर्नाको कारण स्थानीय आवश्यकता र राष्ट्रिय विषय हो भन्दै उहाँले यो देश बनाउनका लागि गरिएको तालमेल भएको बताउनुभयो ।
स्थानीय तहको चुनावमा काठमाडौं र ललितपुर महानगरमा राप्रपासँग गरिएको चुनावी तालमेल पार्टीलाई अझै बलियो बनाउन र देशलाई जिताउन गरिएको ओलीको भनाइ थियो । पार्टी प्रवेश
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता प्रा डा मुकुन्द गजुरेलसहितको समूह नेकपा एमालेमा प्रवेश गरेको छ । त्यस्तै नेकपा (माले) का वैकल्पिक पोलिटब्युरो सदस्य कपिल पोखरेल एक सय २५ सहित एमालेमा प्रवेश गर्नुभएको छ ।