धरान /इरानको एक कोइला खानीभित्र बिस्फोट हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएका छ । बिष्पोटबाट मृत्यु हुनेमा ३ जना नेपालीपनि परेको हुन सक्ने आशंका गरिएको छ ।

बिभिन्न मुलकहुदै काम गर्न इरान पुगेका नेपालीहरुपनि बिष्पोटनमा परेको आशंका गरिएको छ । इरानका सञ्चार माध्यमहरुले उद्धारकार्य जारी रहेकाले बिस्तृत बिबरण आउन बाकी रहेको बताएको छ । । इरानको उत्तरी प्रान्त गोलेस्तानमा अवस्थित जामेस्तान्युर्त कोइला खानीमा भएको ग्यास बिस्फोटनका कारण उनीहरुको मृत्यु भएको इरानको सरकारी स्रोतको अनुमान छ । घटनाको अनुसन्धान भै रहेको र बिस्फोटनको यकिन कारण बाहिर ल्याइएको छैन ।

पेट्रोलियम इन्धन धनी राष्ट्र इरानमा बिगतमा यस्तै प्रकारका खानी बिस्फोटका घटनाहरुले आहत बनाउने गरेको छ ।