हालको शिक्षा प्रणली सुगा रटाएर शब्दमा भारी बोकाउने भन्दा चित्रको माध्यामबाट सुरु गराएमा नेपालका अधिकांश विद्यार्थी सफल हुनेमा विश्वास गर्न सकिन्छ । विद्यार्थीको इच्छा विपरित अभिभावकले प्रेसर गर्ने होइन बाँदरले रुख नै चढ्ने हो माछाले पानीमा नै बस्ने हो यो विपरीत भयो भने सफल हुन सक्दैन भन्ने आफ्नो अनुसन्धानबाट प्राप्त उपलब्धी हासिल गरी स्मरण शक्तिमा २६ सेप्टेम्बर २०१५ मा विश्वकिर्तिमान राख्न सफल भएका झापा भद्रपुर नगरपालिका ८ निवासी वर्ष २७ का विश्व किर्तिमानी अर्पण शर्मा कट्टेलसँग गरिएको सारः के गर्दै हुनुहुन्छ ? विश्व किर्तिमान हासिल गरिसकेपछि पछिल्लो समय एउटा कम्पनीले मलाई कन्ट्याकमा लिएर कार्यक्रम तालिका अनुसार नेपाल तथा छिमेकी देशहरुमा दैनिक गोष्ठी तथा कार्यक्रममा व्यस्त छु । भर्रखरै सिक्किममा कार्यक्रम सकेर आउदो जुलाइमा अष्ट्रेलियामा जाने कार्यक्रम रहेको छ । स्मरणशत्तिमा विश्वकिर्तिमान राख्न कसरी सफल हुनुभयो ? आखाँमा पट्टी बाधेर एउटा कोठामा थुनेर राखेको हुन्थ्यो आउने निर्णायकले मलाई एक मिनेटसमम ४२ प्रकारका बस्तु हेर्न दिन्थ्यो । मैले एक मिनेटमा ४२ प्रकारका बस्तुको नाम स्मरण गरी नहेरी सोधिएको बस्तु जस्तो नम्बरमा छ त्यो भन्नु पर्ने हुन्थ्यो । यसरी ०७१ असोज १०मा यो रेर्कड राखेको थिए र मेरो गिनिज बुकमा २६ सेप्टेम्बर २०१५ मा नाम लेखिएको थियो । पछि २०७३ साल पुस १ गते नेता केपी ओली मार्फत प्रमाण पत्र पाएको थिए । मानिसहरु चलाख र मष्तिष्क बढाउन कस्ता उपाय अपनाउन सकिन्छ ? मष्तिष्क बढाउन सबैभन्दा पहिलो कुरा नराम्रो कुराबाट बच्नु पर्दछ । हामी जस्तो खान्छौ त्यस्तै हुने भएकोले जङ्ग फुड,पानीको सट्टा कोल्डड्रिंस जस्ता वस्तु त्यागेर सात्वीक भोजन खाने र रातभर भिजाएको बदाम र ओखर खाएमात्र पनि स्मारण बढ्ने छ । अर्कोतर्फ योगा ,शारिरीक व्यायाम गरेर बढीभन्दा बढी फोक्सोमा अक्सिजन भर्ने जती अक्सिजन भित्रजान्छ त्यसको २० प्रतिशत दिमागमा जाने भएकोले मानिस चलाख हुन्छ । एकैदिन सवै काम गरेर दिमागलाई भारी नबोकाउने विद्यार्थीले अध्ययन गर्दा भाग गरेर विश्राम गर्दै अध्ययन गरेमा याद हुने छ । यस्तै कुराहरुले मष्तिष्कलाई बृद्धि गरिरहेकोले वनावटी कुरामा नलागी सत्यतर्फ लाग्नु जरुरी छ । पढाई र सोचाई बढी भएपछि मनस्थिती खलवलिन्छ भनिन्छ नि ? कुनैपनि कुरामा ज्यादा लोड भयो भने काम छैन् । आजकलका विद्यार्थीको बढी लोड भएको छ रातभर पढेर पनि सकिदैन दिमागलाई बिश्राम दिएन भने झन मनस्थिती विग्रीने हुन्छ । रातको निन्द्रमा हाम्रो दिमाग झन क्रियाशिल भएको हुन्छ र दिनमा पनि विश्राम नपाएपछि समस्या आउने गर्दछ । रटन्ते विद्याले र सोचाईले मानिस पढ्दा पढ्दै पागल पनि हुन जान्छन् । तपाईले विश्वकिर्तिमान राख्न सफल हुनमा कस्को प्रेरणा थियो ? हाल म एम विए प्रथम वर्षमा अध्ययनरत छु जतिवेला क्याम्पसको पढाइमा साथीहरुविच परिक्षा आउदै गरेको गफगाफको शिलसिलामा शब्द कण्ठ गर्ने कुराचल्यो कस्को मेमोरी पावर बढी छ भन्ने होडवाजी चल्यो त्यो समयमा मैले थोरै समयमा अध्ययन गरी उल्टो सुल्टोवाट समेत थुप्रै शब्द भनेपछि यसरी पढीयो भनेत विश्वकिर्तिमान पनि हुनसकिन्छ भन्ने कुरा उठेपनि मैले खासै वास्ता गरिन पछि खोजअनुसन्धान गर्दै जादा सफल भएकोले साथीनै मेरो प्रेरणाको स्रोत हुन् । नेपाल सरकारले तपाईको बारेमा केहि सोच बनाएको छ ? मेरो प्रतिभा हेरेर नेपाल सरकारले राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२वाट सम्मान गरेको थियो । मैले अन्तरवार्तामा भन्ने गरेको छु मलाई अनुमती दिने हो भने शिक्षा प्रणालीलाई नै परिवर्तन ल्याउन सकिने छ । मैले किर्तिपुरमा शिक्षा मन्त्रीको उपस्थितीमा पनि मेरो प्रतिभा देखाएको थिए । सवै खुसी चकित हुनुभएको थियो । हाल म गोष्ठीमा समय दिएकोले सरकारमा समय दिएको छैन । विश्वकिर्तिमानीलाई सरकारले छुट्टै व्यवस्था मिलाउनु पर्ने हुन्छ । भावी योजना के छ ? म जम्मा पाँच ओटा विधामा विश्वकिर्तिमान राख्न चाहन्छु । सफल भइसकेपछि संसारले नेपालीलाई हेर्ने दृष्टिकोण बदलिने छ । नेपालीहरु गार्खाली र वहादुर नभई तीक्ष्णबुद्धी भएका पनि हुदा रहेछन भनेर विश्वले चिनाउन चहान्छु । गौतम बुद्ध र सगरमाथाको देश मात्र नभई अव विश्वकिर्तिमानी बस्ने देश पनि हुनेछ । अन्त्यमा के भन्न चाहानु हुन्छ ? आजकलका युवा पुस्ताहरु लागु औषध सेवन,फेस बुकमा व्यस्त जस्ता क्रियाकलाप का कारण समाज परिर्वतन भएको देखिदैन उनिहरुको इच्छा विपरित अभिभावकले पे्रसर दिएर पढाउदा यस्तो अवस्था आएको पाइन्छ । समाज र परिवारले नमानेपनि आफुलाई लागेको विधानै लिएर जानु उचित हनेछ । पैसाको पछि लाग्नु हुदैन बादरले रुख चढ्न छोडेर पौडी खेल्न थाल्यो र माछाले पानी छोडेर रुख चढ्न थाल्यो भने जति परिश्रम गरेपनि सफल हुदैन । तसर्थ समाज तथा परिवारले जे सुकै भनेपनि आफ्नो प्रतिभा वा इच्छा अनुसार अगाढी बढेमा सफल भएरै छाडिन्छ र आफ्ना आमा बावुको आँखामा कहिल्यै आसु आउन नदिनु होला जव जव आसु आउछ त्यो खुसीको मात्र हुनेछ । प्रस्तुतीः उत्तम नेपाल