कमेडी गायक श्रीकृष्ण लुईंटेल (बोके दाह्री) नयाँ गीत “ल्वाङ्ग पिरो सुपारी चाम्रो” लिएर आएका छन​।

बिशेष गरी नेपाली समाजमा धार्मिक आस्था बोकेर पनि के काम गर्नु हुन्छ के काम गर्नु हुँदैन भन्ने सम्मको हेक्का नराख्ने ब्यक्तिहरुप्रति ब्यङय गरिएको भिडियोमा पहिले र अहिले धार्मिक आस्था बोकेर गरिने काम हरुलाई देखाईएको छ​। पछिल्लो समय का युवाहरु धार्मिक आस्था बाट कसरी बिमुख हुँदैछन र उनिहरुलाई कसरी सहि ठाँएमा  ल्याउन सकिन्छ भिडियोले यहि सन्देश दिन खोजेको छ​।