काठमाडौं / नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ ।

बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ ।