भद्रपुर/काठमाण्डौबाट भद्रपुरको लागि आएकोे बुद्द एयरको जहाजबाट प्रहरीले १ क्बिन्टल चाँदी बरामद गरेको छ ।
अंचल प्रहरी कार्यालय मेची र विमान सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सामान लिई जान लागेका २ जना मानिसलाई सोधपुछ गर्दा बरबमद भएकाे हाे । जिल्ला झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ बस्ने ३२ बर्षको मनोज गोयल र झापा गाउँपालिका वडा नं २ बस्ने २७ बर्षिय पुण्यप्रसाद अधिकारी पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्तिहरुसंगको प्रारम्भिक बयान अनुसार काठमाण्डौबाट महेन्द्र गोयलले यो चाँदी पठाएका हुन । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रीय कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।