धरानबाट लागूऔषध सेवन गर्दैगर्दा चार पक्राउ
- वैशाख १४, २०७४
- ब्लाष्ट खबर
धरान/धरानबाट लागूऔषध सेवन गरिरहेको अवस्थामा धरान प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
धरान–८ बुधबार राति बरगाछी अस्थायी प्रहरी पोष्टले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–१५ का १७ बर्षीय अनिल खडका, धरान–८ का २५ वर्षीय निरज मगर, धरान–१७ का २३ बर्षीय अभिषेक माझी र मोरङ मङ्गलबारे घर भई हाल धरान–८ का १९ वर्षीय महेन्द्र रसाइली रहेका छन् ।
उनीहरुको साथबाट स्पास्मोप्रोक्सिभन ट्याबलेट १९ पिस, स्पाजोल २ पिस, एप्काडोल १२ पिस, ड्रेनड्राइन १ थान बरामद गरको छ । उनीहरुलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।