धरान/झापाको मेचीनगर नपा–६ बाट प्रहरीले बुधबार ब्राउन सुगरसहित दुईजनालाई समातेको छ । सोही ठाउँका ३८ वर्षीय राजेन्द्रकुमार वली र मोरङ पथरी शनिश्चरे नपा ९ का २२ वर्षीय कृष्ण गुरुङलाई प्रहरीले मेचीपुलबाट चेकजाँचको क्रममा पक्राउ गरेको हो । उनीहरुलाई विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभित्ताको संयुक्त टोलीले उनीहरुको साथबाट ९ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई इप्रका काकडभित्तामा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई लागूऔषध मुद्दामा कारबाही हुने झापा प्रहरीले बताएको छ ।