धरान/एमाले निकट नेपाल मुस्मिल इत्तेहाद संगठनले चुनावी प्रचार प्रसारलाई लक्षित गर्दै आम भेला गरेको छ ।

सोमबार सम्पन्न आम भेलामा धरानका ८० प्रतिशत भन्दा बढी मुस्लिमहरु एमालेलाई सहयोग गर्न तयार रहेको बताएका छन् । उक्त क्रममा केही प्रदेशहरुमा चुनाव सारिएको विषयमा मुस्लिम संगठनहरुले विरोधसमेत गरेको छ । जेठ १३ गतेबाट मुस्लिमहरुको महान पर्व रोजा सुरु हुने भएकाले चुनाव त्यो समयमा सम्भव नहुने संगठनका उपाध्यक्ष एव. राष्ट्रिय मुस्लिम संर्घष गठबन्धनका नगर संयोजक फिरोज अलीले बताए ।
कार्यक्रममा एमाले नगर अध्यक्ष एवम् मेयरका उम्मेद्वार तारा सुब्बाले एमालेले निर्वाचन जितेमा धरानमा मुस्लिम बालबालिकाहरुको लागि अध्ययन गर्ने मर्दसाको पहल गर्ने बताए । त्यस्तै सांसद कृष्णकुमार राईले पनि मुस्लिमहरुको हाल भइरहेको कर्वस्तानलाई थप व्यवस्थित बनाउनको लागि सहयोग गर्ने बताए । उनले सभाषद्कोषबाट २ लाख रुपैया वितरण गरेका थिए । अध्यक्ष शेख युसुफ अलीको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।