पाल्पा/चरेशसहित पाल्पा प्रहरीले दुईजना महिलालाई बुधबार समातेको छ । गुल्मीबाट बुटबल आउदै गरेको बसमा यात्रु गरिरहेका दुई महिलाको साथबाट ३९ केजी चरेश बराबद गरेको हो । सवारी चेकजाँचको क्रममा कोहलपुर नगरपालिका १३ बाँकेकी ३९ वर्षीया मनकुमारी चलाउने र साविस उवा गाविस–६ रोल्पाकी ३४ वर्षीया राजीपुरा रोका मगरको साथबाट प्रहरीले चरेश फेला पारेको हो । मनकुमारी झोलाबाट १६ किलो र राजीपुराको झोलाबाट २३ किलो चसेस बरामद गरेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए ।