धादिङ/ खोलामा पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका – ४ का एक बालकको आज डुबेर मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका– १२ पशुपतिमा बस्दै आएका आठ वर्षीय कृष नेपालीको आसी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एकजना साथीसँग खोलामा पौडी खेल्न गएका नेपाली खोलाको दलदलमा गाडिएर मृत्यु भएको हो ।