धनकुटा/निर्वाचन प्रयोजनको लागी बालवालिहरुको प्रयोग नहोस भन्नाको खातिर धनकुटामा मंगलवार “निर्वाचन बालअधिकार जिल्ला अनुगमन समिति” गठन गरिएको छ ।

जिल्ला बालकल्याण समितिको आयोजनामा भएको सरोकारवालाहरु विचको एक भेलाले शिक्षा प्रेमी एवं समाजसेवी दामोदर दाहालको संयोजकत्वमा ५ सदस्यीय धनकुटा जिल्लामा निर्बाचन अवधीभर अनुगमन गर्ने गरी पाँच सदस्यीय “निर्वाचन वालअधिकार जिल्ला अनुगमन समिति” गठन गरिएको हो । अनुगमन समितिको सदस्यहरुमा सन्तवीर लामा, जया राई, भगवती कार्की, प्रवेशकाजी कट्वाललाई सर्वसम्वत रुपमा चयन गरिएको छ ।
निर्वाचनताका राजनितिक दलहरुले वालवालिकाहरुलाई प्रयोग गर्न नहुने भन्ने निर्वाचन आचार संहिताको वारेमा महिला विकास अधिकृत मञ्जु लोहनीले सहजकिरण गरेका थिए । सो अवसरमा महिला विकास अधिकृत लोहोनीले वालवालिकाको स्वतन्त्रपुर्वक पढ्न, लेख्न र खेल्न पाउने अधिकारलाई कुण्ठित गरेर निर्वाचनमा कुनै राजनितिक दलले प्रयोग गरेको पाईएमा कानुन वमोजिम कार्वाही हुने वताएकी छन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीले बालयौन दुरचार र वलत्कारको घट्ना न्युनिकरणको वारेमा सहजीकरण गरेका थिए । प्रजिअ उप्रेतीले सो अवसरमा भावानात्मक दुरव्र्यावहार, शारिरिक दुरव्र्यावहार, यौन दुरव्यावहार आदीका वारेमा सहजीकरण गरेका थिए । सो अवसरमा उनले काँही कतै वालवालिकाहरु माथि कुनै पनि किसिमको दुरव्र्यावहार भएको पाइएमा १०९८ नम्वरमा सोझै फोन गरेर सहयोग लिन पनि सहभागी सवैलाई जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीको अध्यक्षतामा सम्पन्न भेला तथा कार्याशाला गोष्ठीमा जिल्लामा क्रियाशिल राजनितिक पार्टीहरुको तर्फवाट एमालेका सुरेन्द्र पौडेल, माओवादी केन्द्रका तिलक राई, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष सविला मोक्तान, संघिय लिम्वुवान मञ्चका केन्द्रिय सदस्य चन्द्रसिंह नेम्वाङ, स्थानिय विकास अधिकारी पर्वप्रसाद सापकोटा, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताल लगायतले आ–आफ्नो धारणा राख्दै बालवालिकाहरु माथि हुनै कुनै पनि प्रकारको हिंसा रोक्न व्याक्ति वा आम सरोकारवाला निकाय स्वयम तयार हुनु पर्नेमा जोड दिएका थिए ।