धरान /नँया दिल्लीबाट उद्धार भई आएका युवती ओसार प्रसारमा संलग्न गिरेहलाई पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसार-प्रसार एंव संगठित अपराध मुद्दामा अनुसन्धान कार्य भैरहेको गिरोहलाई प्रकाउ गरिएको हो । सिन्धुपाल्चोक गुम्बा-६ का २७ वर्षीय बिष्णु तामाङलाई पक्राउ गरिएको छ । गोकर्णेश्वर नगरपालिका-२ राईटारबाट बैशाख ८ गते प्रहरीले पक्राउ गरेको हो ।

नेपाली युवतीलाई रोजगारीको प्रलोभन देखाएर विभिन्न सिमा नाकाबाट भारतको नँया दिल्ली, दुवई, कतार ,इरान पठाउन लागेको अवस्थामा १७ नेपाली युवतीहरुलाई विभिन्न होटलमा राखिएको अवस्थामा उद्दार गरिएको थियो । २०७२ श्रावन १९ गते नेपाल फिर्ता ल्याई सोधपुछ पश्चात तत्काल खुल्न आएका ४ प्रतिनिधीहरु सुजिल राई ,राजाबाबु श्रेष्ट, सानु लामा र दानबहादुर क्षेत्रीलाई तत्काल पक्राउ गरिएको थियो ।