झापा/ आज झापामा माओबादी केन्द्रले शक्ति प्रर्दशन गर्ने तयारी गरेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्रले झापामा शक्ति प्रर्दशन गर्न लागेको हो ।
शक्ति प्रर्दशनमा २० हजार भन्दा बढि युवा तथा बिद्यार्थी उपस्थीत गराउने तयारी रहेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
प्रदर्शनपछि विर्तामोडमा हुने सभालाई प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।
वाइसीएल नेपाल र अखिल क्रान्तिकारीको संयुक्त ब्यानरमा आयोजनामा हुने जनप्रदर्शनलाई माओवादीको शक्ति प्रदर्शनको रुपमा प्रचार गरिएको छ ।
माओवादी केन्द्रका झापा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीका अनुसार जनप्रदर्शनलाई भब्य बनाउन माओवादी केन्द्रका सबै जनवर्गीय संगठनहरु सक्रिय गरिएको छ भने ‘झापा जिल्लाको सिंगो पार्टी नै परिचालित भएको छ । यो एकप्रकारले चुनावी सभा र शक्ति प्रर्दशन नै हो उनले भने । जनप्रदर्शनलाई प्रधानमन्त्री प्रचण्ड, सञ्चारमन्त्री सुरेन्द्र कार्की, पूर्व मन्त्री गोपाल किराँती लगायतले सम्बोधन गर्नेछन् ।