धरान/मधेसी मोर्चामा आवद्ध पााच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । सम्भवतः आजै औपचारिक घोषणा हुनेछ ।बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको नेताहरूले बताएका छन् ।   स्रोतका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुनेछ ।मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताक लागि सम्वादमा छन् भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पार्टीमा छलफल गर्नु पर्ने जवाफ दिएका छन् ।फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पार्टी एकतामा सहमति भएको स्वीकार गरे । अहिलेसम्म पार्टीको नाम राष्टिय जनता पार्टीमा लगभग सहमति भएको छ । यो भएमा मधेसी मोर्चामा आवद्ध पााच दलको नयाँ पार्टीको नामबाट मधेस शब्द हट्नेछ ।यस्तै नेतृत्व प्रणालीमा अध्यक्ष मण्डलमा लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पार्टी एकतामा धेरै विषय टुंगिएको बताए । उनले भने, अहिले विहान छलफल गरेर सबै फाइनल गर्छौं