धनकुटा / संविधान संशोधन विना स्थानिय तहको निर्वाचन गर्न नहुने माग सहित आमहड्तालसम्मको कार्यक्रमलाई सफल पार्न मधेसी मोर्चा र संघिय गठवनधनले मंगलवार साँझ धनकुटामा निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मंगलवार साँझ संघिय समाजवादी फोरम पार्टी नेपालको जिल्ला कार्यलय मदनचोकवाट निकालेको राँके जुलुसलाई प्रहरीले हुलाक पुग्न नपाई हस्तक्षेप गरेको थियो । संघिय गठवन्धन र संघिय समाजवादी फोरमका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले नारावाजी गर्दै राँके जुलुस प्रदर्शन गरेका थिए । उनीहरुले संविधान संशोधन नगरी स्थानिय तहको निर्वाचन गर्न पाईदैन, पहिचान सहितको संघिय प्रदेशहरुको ग्यारेण्टी गर, स्थानिय तहको पुनःसंरचनामा स्यत्तता, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गर, अधुरो–अपुरो संविधान संशोधन गर, प्रहरी दमन वन्द गर भन्दै नारावाजी गरेका थिए । प्रहरीले नारा लगाउँदै मदनचोकवाट अघि वढेको संघिय गठवन्धन र फोरमका नेता तथा कार्यकर्ताहरुले वोकेको राँकेजुलुस खोस्दै पानी हालेर निभाएको थिए । राँकेजुलुस पछि मदनचोकमा आयोजित कोणसभालाई संघिय समाजवादी फोरम पार्टीका केन्द्रिय सदस्य एवं लिम्वुवान इन्चार्ज आर्सी तुम्वा, संघिय लिम्वुवान पार्टीका नेतृ सरकुमारी आठपहरिया लगायतले सम्वोधन गरेका थिए । उनीहरुले पुन वैसाख ७ गते लाठी जुलुस, वैसाख १३ गते देखी गाउँगाउँमा जनसभा, स्थानिय निर्वाचनको भण्डाफोर अभियान, वैसाख १४ गते पुनः राँके जुलुस, वैसाख १५ गते थारुहत वन्द, वैसाख १६ गते नेपाल वन्द र वसाख २७ गते देखी अनिश्चितकालिन नेपाल वन्द गर्ने घोषणा गर्ने कार्यक्रम तय भएको उद्घोष गरेका छन् ।